दुर्घटना
तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ…
वागमतीका मुख्यमन्त्री जम्कट्टेलले ६ गते विश्वासको मत लिने
हेटौंडा, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका हुन् । सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको वागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले…
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
काठमाण्डू, घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म…
बागमती नदीमा बेपत्ता बालकको शव तीन किलोमिटर तल भेटियो –
रौतहट : रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव प्रहरीले फेला पारेको छ। सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो। एक बालक भने बेपत्ता थिए । गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको…
उच्च अदालत पाटनद्वारा मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार
काठमाडौं । उच्च अदालत पाटनले मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षमा अदालतले ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो । मङ्गलवार उच्च अदालत पाटनले आफ्नो वार्षिक विवरण सार्वजनिक गर्दै कुल लगतको ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको विवरण दिएको हो । उच्च अदालत पाटनमा गत आर्थिक वर्षबाट सरी आएको मुद्दा ५ हजार ४४…
पाटन अदालतमा ६६.०१ प्रतिशत मुद्दा फछर्यौट
काठमाडौं । उच्च अदालत पाटन र मातहतका अदालतहरुले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन गरेको छ । उच्च अदालत पाटनले प्रेस विज्ञप्ति जारी गर्दै ६६.०१ प्रतिशत मुद्दा फछर्यौट भएको जनाएको छ । विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ४४ चान मुद्दा जिम्मेवारी गरी आएकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १० हजार १ सय ९…
नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान उच्च : राष्ट्रपति « Lokpath
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।…
लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक र धार्मिक कारण जोडिन्छ : डा.रुद्रनाथ अधिकारी « Lokpath
काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ । अधिकांश…
सुकुमबासीलाई रकम दिएरै भएपनि नदी किनार खाली गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंभित्र नदी किनारमा सरकारी जग्गा ओगटेर बसेका सुकुमबासीलाई ठाँउ खाली गर्न आदेश दिएको छ । आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले राहतस्वरुप नगदै दिएर भएपनि सुकुमबासीलाई ठाउँ खाली गर्न आदेश दिएको हो । वास्तविक सुकुम्बासीहरुको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न…
भावी रणनीति बनाउँदै समाजवादी मोर्चा
समाजवादी मोर्चाको बैठकको बैठक सुरु भएको छ ।
बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ ।



