दुर्घटना
महिला एसीया कप टी–२० प्रतियागितामा नेपालको सेमिफाइनल पुग्न जित्नैपर्ने दवावमा नेपाल, आज उपाधि दावेदार भारतसँग भिड्दै
काठमाण्डू, श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित…
पूर्वमन्त्री रायको हत्या आरोपमा एक जना पक्राउ, तीन जना पसेका थिए घरमा –
लालबन्दी : पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति पूर्वमन्त्री रायको हत्या भएको थियो। प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको बताए। घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे…
तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण
७ साउन, म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण…
ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान
काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर…
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या
काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका…
आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो
७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण…
भ्रष्टाचार मुद्दा खेपिरहेकालाई ‘हाकिम’ बनाएर ल्याउन एमालेका जनप्रतिनिधिको कसरत –
सिमरा : विशेष अदालतमा विचराधीन अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका एक जनालाई ल्याउन बारा जितपुर उपहानगरपालिकाका एमालेका जनप्रतिनिधि लागिपरेका खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गराएर एमालेका जनप्रतिनिधि उक्त कार्यमा लागिपरेका हुन्। तर काफ्लेको सरुवा कानुनविपरीत भएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार भने गरेको छ।सरकार फेरिएलगत्तै उपमहानगरपालिकाका…
यी जिल्लाका नदीमा आज बाढीको जोखिम
काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका…
त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली
त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली ।
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
गुरुपूर्णिमाको सार्थकता
ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के हो ? जीवको…



