दुर्घटना
किरात याक्थुङ चुम्लुङ पोर्चुगल अध्यक्षमा रुकमान केरुङ, सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न
लिस्बोन : पोर्चुगलको लिस्बोनमा किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न गरेको छ । जुलाई २२ मा लिस्बोनको सिटि वोकमा विविध साँस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौ अधिबेशनको कार्यसमिति घोषणा समेत गरेको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नयाँ कार्यसमिति (२०२४-२०२६) को लागि रुकमान केरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत…
एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला
प्रा.डा. युवराज संग्रौलाले नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको विकास सँगसँगै गर्नु पर्ने बताएका छन्। काठमाडौँ स्कूलअफ लद्वारा आयोजित ‘मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’मा उनले मातृभाषाको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
विश्वकप छनोट प्रक्रियामा परिवर्तन
एजेन्सी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो । आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् । आइसिसीले एसिया र इस्ट एसिया…
जग्गा विवादः कोदालोले हानेर छिमेकीको हत्या –
लहान : छिमेकीको हत्या गरेको आरोपमा सिरहामा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए। बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ। ट्याक्टर…
नेप्सेमा उछाल कायमै, मंगलबार ७५ अंकको वृद्धि
काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक…
चितवन त्रिशूली बस दुर्घटना : हराएका यात्रुहरूको खोजी कार्य अझै जारी
चितवन, चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन्। त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन्। भारत र नेपालको संयुक्त गोताखोर टोलीले हराइरहेका यात्रुको खोजी कार्य जारी राखेको छ। तर, पछिल्लो तीन दिनदेखि न त बसको अत्तोपत्तो लागेको छ न त यात्रुको।
संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने
काठमाण्डू, संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डू, देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । वागमती, गण्डकी तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम…
काठमाडौंका नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाण्डू, पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै काठमाडौंमा वर्षा भएको छ । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । काठमाडौंको नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन विभागले सुझाव दिएको…
काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल
काठमाण्डू, काभा यू–२० महिला भलिवल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए…



