नेपालको विकासमा चीनले सहयोग: राजदूत छन सोङको प्रतिबद्धता
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक-सामाजिक विकासमा चीनको पूर्ण सहयोग रहने बताउनुभएको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालका लागि लाभदायक हुने र सुधारका उपायहरूले चीन-नेपाल सम्बन्धलाई थप सुदृढ पार्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।


