चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
चलचित्र ‘सिटामोलबाट’ श्री कृष्णको उदय – श्रावण २३ मा प्रदर्शन
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा फिल्म सिटामोल को पोस्टर सार्वजनिक गर्दै साउन २३ गते प्रदर्शन मिति घोषणा गरिएको छ। सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको यो फिल्म सामाजिक कथामा आधारित छ, जसले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसन समिट–२०२५’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ द एयर) अवार्ड प्रदान गरिएको छ। यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका मन्त्रीहरूलाई दिइन्छ। मन्त्री पाण्डेले यस सम्मानलाई नेपालकै पर्यटन क्षेत्रको उपलब्धि भएको बताउँदै नवप्रवर्तन, दिगो विकास, र सामुदायिक सहभागितामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौंको बसन्तपुरमा परम्परागत चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ। फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा मनाइने होलीले रंग, प्रेम र सद्भावको सन्देश बोकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ। उहाँले युवा पलायन रोक्न, कृषि, पर्यटन, जलस्रोत, र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन नीति निर्माताहरू, सरकारका तीन तह, र निजी क्षेत्रलाई समर्पित भएर लाग्न आग्रह गर्नुभयो।
महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदै पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। समसामयिक कथामा आधारित व्यङ्ग्य चलचित्रलाई विशेष गरी सिताराम कट्टेल (धुर्मुस) को अभिनय र कर्णालीका सुन्दर दृश्यहरूले झन् मनमोहक बनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न आउँदै हुनुहुन्छ । उहाँले विभिन्न धार्मिक संरचनाहरूको उद्घाटन गर्नुका साथै महाउत्सवलाई सम्बोधन गर्नुहुनेछ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। ११४ भन्दा बढी देशका ३५०० आवेदनहरूमध्ये छानिएका ७८ उत्कृष्ट फिल्म प्रदर्शन गरिनेछ।
मधेसको महोत्तरीसहित मिथिलाक्षेत्र भक्तिभावका दुई ठूला महापर्व मनाउन जुटेको छ। महाशिवरात्रि पर्वको तयारी तीव्र छ भने मिथिला माध्यमिकी परिक्रमा पनि सुरु हुँदैछ। विभिन्न शिवालयमा चहलपहल बढेको छ भने मन्दिर परिसरमा पूजाका सामग्रीहरू बिक्रीका लागि राखिएका छन्।
केशव पाण्डेको डेब्यु निर्देशनमा निर्माण भएको क्राइम थ्रिलर सिनेमा ‘११:५५’ (Do Not Trust Anyone) को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ।