काठमाडौँ उपत्यकामा नदीको बहाव क्षेत्र निर्धारण : सर्वोच्चको फैसला
काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्दै सर्वोच्च अदालतले बागमती नदीलाई ४० मिटर र अन्य सहायक नदीलाई २० मिटर बनाउने ऐतिहासिक फैसला गरेको छ। यस फैसलालाई कार्यान्वयन गर्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले तयारी गरिरहेका छन्।


