सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ
लालबन्दी : सर्लाही प्रहरीले २० किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो । प्रहरी चौकी हरिपुर्वाबाट असई शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रविन्द्र कार्कीको कमाण्डमा ११…


