जेनजी प्रदर्शन : संसद् भवन प्रवेश गरेपछि प्रहरीद्वारा हवाई फायर

काठमाडौँ : भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरे गरेपछि प्रहरीले हवाई फायर गरेको छ । उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्।

उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको हो।

भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ।

त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि च्यातेका छन्। उनीहरूले सरकार तिम्रो पाराले दुस्ख पाए साराले भन्दै माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शन गरेका छन्।

यो क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध छ। अहिले प्रदर्शनकारी पनि थपिँदैछन्। प्रदर्शनकारीहरू विद्यालयकै ड्रेसमा किताब कापीको झोला बोकेरै प्रदर्शनस्थलमा पुगेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *