बारामा ढिस्कोमा च्यापिएर एकजनाको मृत्यु, दुई गम्भीर घाइते
बारा : छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका- ५ निवासी ६५ वर्षीया शारदादेवी रहेकी छिन्।…



