ब्राइडल क्विन २०२६ : रेनाता कट्टेलदेखि दीपा सिटौलासम्म पाँच विजेता

ब्राइडल क्विन २०२६: रेनाता कट्टेलदेखि दीपा सिटौलासम्म पाँच विजेता

काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६–संस्करण ३ अन्तर्गत पाँच प्रतिभाशाली महिलाले प्रतिष्ठित ‘ ब्राइडल क्विन २०२६ ’ को उपाधि जितेका छन्।
रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि हासिल गर्दै आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट परिचय दिएका हुन्।
भक्तपुरको राधे–राधेस्थित हेरिटेज प्यालेसमा भदौ ६ गते भव्य रूपमा सम्पन्न समारोहमा पाँचै विजेतालाई सम्मानपूर्वक उपाधि तथा ताज प्रदान गरिएको थियो। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
नेपालको भाषा, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई विशेष प्राथमिकता दिइएको कार्यक्रममा गंगा आरतीबाट समारोहको सुरुवात गरिएको थियो। धार्मिक तथा आध्यात्मिक वातावरणसँगै प्रस्तुत गरिएको ब्राइडल फेसन शो, आकर्षक रनवे प्रस्तुति र आधुनिक कउचर डिजाइनले कार्यक्रमलाई थप विशेष बनाएको थियो।
कार्यक्रममा नेपाली मौलिक पहिरन, संस्कृति र आधुनिक फेसनलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो। सहभागीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति तथा आकर्षक ब्राइडल डिजाइनले दर्शकको ध्यान खिचेको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख प्रबन्ध निर्देशक मोनु शाहले नेपाली मौलिक संस्कृति, परम्परा र आधुनिक फेसनबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले ‘ब्राइडल कउचर रनवे’ आयोजना गरिएको बताए।
उनका अनुसार फेसन केवल पहिरनको प्रस्तुति मात्र नभई संस्कृति, पहिचान र आत्मविश्वासको सशक्त अभिव्यक्ति पनि हो। नेपाली मौलिकतालाई आधुनिक फेसनसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रवर्द्धन गर्ने उद्देश्य कार्यक्रमको रहेको उनले बताए।
‘ब्राइडल क्विन २०२६’को उपाधि जित्न सफल रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलालाई हार्दिक बधाई तथा उनीहरूको उज्ज्वल, सफल र गौरवमय भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ। 👑💐

ब्राइडल क्विन २०२६
ब्राइडल क्विन २०२६
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *