शोभितको नयाँ फिल्म ‘अनटाइटल’ अस्ट्रेलियामा छायांकन हुने
शोभित बस्नेतको नयाँ फिल्म ‘अनटाइटल’ को छायांकन अस्ट्रेलिया र जुम्लामा हुने भएको छ। ६० प्रतिशत अस्ट्रेलिया र ४० प्रतिशत जुम्लामा छायांकन हुने यस फिल्मको औपचारिक घोषणा चाँडै गरिने तयारी छ।
शोभित बस्नेतको नयाँ फिल्म ‘अनटाइटल’ को छायांकन अस्ट्रेलिया र जुम्लामा हुने भएको छ। ६० प्रतिशत अस्ट्रेलिया र ४० प्रतिशत जुम्लामा छायांकन हुने यस फिल्मको औपचारिक घोषणा चाँडै गरिने तयारी छ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानीय सरकार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ। १७ सूचकमा आधारित मूल्याङ्कनमा चन्द्रनगरले ३५.१६ अंक मात्र पाएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। जनयुद्ध सुरु भएको स्थानबाट नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
प्रलोपा शोक वक्तव्य जारी गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। ९७ वर्षको उमेरमा काठमाडौंमा निधन भएका भोजप्रसादको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।
प्रचण्ड पहिलो पार्टी दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पहिलो पार्टी बन्ने बताएका छन्। गठबन्धन नगरी एक्लै चुनाव लड्ने उनको स्पष्ट भनाइ छ।
आमाको नामबाट नागरिकता सर्लाहीमा पहिलो पटक जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गर्दै ऐतिहासिक निर्णय गरेको हो।
एमाले प्रलोपा सहमतिअन्तर्गत प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच नयाँ तीनबुँदे समझदारी भएको छ, जसले विभिन्न जिल्लामा साझा समर्थनको आधार तय गरेको छ।
ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित एक खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७३ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ।