जनकपुरमा गोली चल्यो

लालबन्दी । जनकपुरधामको एक ज्वेलर्समा छापा मार्न पुगेको प्रहरी र व्यवसायीबीच झडप भएको छ।

जनकपुरधामको सोनारपट्टीमा सञ्जय ठाकुरले खोलेको नयाँ ज्वेलर्समा गए राति तस्करीका सुन चाँदी ल्याइएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो। जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको थियो भने स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थियो। छापा मार्ने क्रममा ७ किलो चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

झडपका क्रममा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। यता झडपमा १० प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए। डीएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रहार गरिएको हो ।

जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले सञ्चालन गरेको ज्वेलर्समा साँझ ७ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए । अहिले सो क्षेत्रमा अवस्था सामान्य बनेको प्रहरी कार्यालयले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *