२०८२ साल भदौ ३० गते सोमबारको राशिफल

२०८२ साल भदौ ३० गते सोमबारको राशिफल :

मेष- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्‍न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।

वृष- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ।

मिथुन- धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्‍नेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछन्। दिन रमाइलै छ।

कर्कट- आयआर्जनमा राम्रो दिन छ। आज धनलाभको योग छ। नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ।

सिंह- हाँसखेल, भ्रमण र मनोरञ्‍जनमा दिन बित्‍नेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ काम पाउने समय छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला।

कन्या- स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु वेश होला, व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा सजग रहनु होला।

तुला- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा द्विविधा रहला।

वृश्‍चिक- कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्‍न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला।

धनु- आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्‍नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा प्रगति हुनेछ।

मकर- अनावश्यक डर, वादविवाद हुन सक्ने भएकाले समय खासै राम्रो छैन, होश पुर्‍याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ। वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ। घरपरिवारमा मनमुटाव पनि होला।

कुम्भ- मनमा द्विविधा रहने छ। सामाजिक काममा नाम रहने छ। व्यापार र जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। व्यापारमा पनि घाटा सहनुपर्ला।

मीन- चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी रहने छ। यात्राको पनि योग छ। घरमा पाहुनाले सताउलान्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *