एमाले विधान महाधिवेशनमा तीन तहको चुनाव एकैपटक गर्ने प्रस्ताव

एमाले विधान महाधिवेशनमा तीन तहको चुनाव एकैपटक गर्ने प्रस्ताव

२१ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा संविधान संशोधन र निर्वाचन प्रणालीबारे समेत छलफल भएको छ। यस क्रममा बागमती प्रदेश समूहगत छलफलमा सहभागी नेता बद्री मैनालीले तीन तहको चुनाव एकैपटक गर्नुपर्ने सुझाव दिएका हुन्

मैनालीले संविधान र विधानलाई स्थिर मान्न नहुने उल्लेख गर्दै आवश्यक परे संशोधन गर्न सकिने धारणा राखे। उनले बैशाखमै संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक हुने गरी कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिए। यसलाई खर्च र व्यवस्थापन दुवै हिसाबले उपयुक्त हुने उनले बताए।

हाल एमाले सरकारको नेतृत्वमा रहेको अवस्थामा यस्तो पहल गर्न सकिने अवस्था रहेको मैनालीले स्पष्ट पारे। पार्टीले यो विषयलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने उनको सुझाव थियो।

एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ। प्रदेशहरूदेखि जनसंगठन, प्रवास र आयोजक समूहसम्म छुट्टाछुट्टै छलफलमा सहभागी भएका छन्। शनिवार समूहगत छलफल सम्पन्न भएको छ भने आइतबारसम्म एकीकृत प्रतिवेदन तयार पार्ने तयारी छ।

प्रतिवेदनमार्फत समूहगत छलफलमा आएका सुझाव र प्रस्तावलाई सम्बोधन गर्दै विधान महाधिवेशन टुंग्याउने तयारी भएको छ। यसरी, पार्टीभित्रको आन्तरिक छलफलले आगामी राजनीतिक रणनीतिमा पनि प्रभाव पार्ने देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *