बेपत्ता भनिएका सिन्धुली १५ हायू पोखरामा भेटिए, बसेका थिए होटलमा

पोखरा : केही दिनदेखि हराएका भनिएका हायू परिवारका सबै सदस्य गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले भने, ’सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ

उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिन्छ प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिन अघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

’उनीहरू १४–१५ दिन बस्ने योजनाले आएको भन्ने बुझिएको छ । सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्,’ ओलियाले भने । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएकाे थियाे । गाउँपालिकाले १६ जना बेपत्ता भएकाे जानकारी दिएकाे थियाे । तर प्रहरीकाे अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्‌सँग काठमाडाैँमा बस्ने गरेकाे खुलेकाे थियाे ।

यी हुन् हायू परिवारका १५ जना

१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *