आज देशभर आंशिकदेखि मध्यम वर्षा र चट्याङको सम्भावना

आज देशभर आंशिकदेखि मध्यम वर्षा र चट्याङको सम्भावना

३ जेठ, काठमाडौं : नेपालमा केही दिनयता लगातार मौसम खराब हुँदै आएको छ र आज पनि मौसममा सुधारको संकेत नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागहरूमा पनि आंशिक बदली रहने सम्भावना छ। यी क्षेत्रहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ। तराईका केही स्थानहरूमा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको विभागले औंल्याएको छ।

आज देशभर आंशिकदेखि मध्यम वर्षा र चट्याङको सम्भावना

मौसमको यस्तो अवस्था स्वास्थ्य, यातायात र कृषिमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आवश्यकता अनुसार थप जानकारी र चेतावनीसमेत जारी गर्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *