नेपालमा विद्युतीय चुलोको प्रयोगमा वृद्धि: आयात, उपयोगिता र सरकारी नीतिहरू

नेपालमा विद्युतीय चुलोको प्रयोगमा वृद्धि: आयात, उपयोगिता र सरकारी नीतिहरू

नेपालमा विद्युतीय चुलोको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। सरकारी प्रोत्साहन, ग्यासको महँगो मूल्य, र स्वदेशी विद्युत् उत्पादनका कारण विद्युतीय चुलो लोकप्रिय बन्दै गएको छ। विशेषज्ञहरूका अनुसार यो वातावरणमैत्री, सस्तो, र दीर्घकालीन रूपमा लाभदायक छ।

Read More
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसन समिट–२०२५’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ द एयर) अवार्ड प्रदान गरिएको छ। यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका मन्त्रीहरूलाई दिइन्छ। मन्त्री पाण्डेले यस सम्मानलाई नेपालकै पर्यटन क्षेत्रको उपलब्धि भएको बताउँदै नवप्रवर्तन, दिगो विकास, र सामुदायिक सहभागितामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Read More
यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका कांग्रेस प्रमुख सचेतक घिमिरेको माफी

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका कांग्रेस प्रमुख सचेतक घिमिरेको माफी

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने आफ्नो अघिल्लो धारणा प्रति माफी मागेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै, उनले आफ्ना विचार पार्टी वा संसदीय दलको आधिकारिक धारणा नभएको प्रष्ट्याउँदै, यदि कसैलाई नकारात्मक प्रभाव परेको भए क्षमा याचना गरेका छन्।

Read More
मन्त्रिपरिषद् बैठक सम्पन्न, नयाँ प्रहरी प्रमुख नियुक्त हुने सम्भावना

मन्त्रिपरिषद् बैठक सम्पन्न, नयाँ प्रहरी प्रमुख नियुक्त हुने सम्भावना

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। नियमित बैठक भए पनि आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ, किनभने यसले नयाँ प्रहरी प्रमुख (आईजीपी) को नियुक्ति गर्ने सम्भावना छ। प्रहरी प्रमुख वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अनिवार्य अवकाशमा जाँदैछन्। नयाँ आईजीपीको नियुक्तिका लागि सरकार तयारी अवस्थामा छ।

Read More
यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

राष्ट्रिय परीक्षा बोर्डले चैत ७ गतेदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ। यस वर्ष परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्। देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ भने कारागार र बाल सुधार गृहबाट समेत परीक्षा सञ्चालन हुनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा नतिजा ग्रेडिङ प्रणालीमै प्रकाशित गरिनेछ भने उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

Read More

समाजवादी मोर्चाद्वारा चैत १९ मा जनप्रदर्शनको तयारी, एक लाख सहभागी उतार्ने लक्ष्य

समाजवादी मोर्चाले आगामी चैत १९ गते व्यवस्थाको रक्षाका लागि जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ। मोर्चामा आवद्ध दलहरूले आन्तरिक तयारी तीव्र बनाएका छन्। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले हजारौँ समर्थक सडकमा उतार्ने योजना बनाएको छ। कम्तीमा ६० हजारदेखि एक लाखसम्म मानिस सहभागी गराउने लक्ष्य राखिएको छ। गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने समेत नेताहरूले बताएका छन्।

Read More
नेपालका विभिन्न प्रदेशहरूमा मौसम परिवर्तन: वर्षा, हिमपात र हावाहुरीको सम्भावना

नेपालका विभिन्न प्रदेशहरूमा मौसम परिवर्तन: वर्षा, हिमपात र हावाहुरीको सम्भावना

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिँदै, विभिन्न प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको छ। मौसम परिवर्तनले दैनिक जनजीवन, यातायात तथा स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Read More
सर्वोच्च अदालतले समलिङ्गी विवाह सम्बन्धी फैसला चैत ५ गते सुनाउने

सर्वोच्च अदालतले समलिङ्गी विवाह सम्बन्धी फैसला चैत ५ गते सुनाउने

सर्वोच्च अदालतले समलिङ्गी विवाह लाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा चैत ५ गते मङ्गलवार फैसला सुनाउने भएको छ।आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार पोखरेलको संयुक्त इजलास मा सुनुवाइपछि फैसला मितिका लागि निसु तोकिएको हो।

Read More
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल-मट्टितेलमा ४ रुपियाँ घटाएर नयाँ मूल्य लागू गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार स्थानीय बजारमा समायोजन गरिएको हो।

Read More
इटहरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

इटहरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्। प्रहरीका अनुसार, अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो।

Read More