तीनकुनेमा भीषण आगलागीमा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु

तीनकुनेमा भीषण आगलागीमा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु

१५ चैत, काठमाडौं : राजधानीको तीनकुनेस्थित एक भवनमा लागेको भीषण आगलागीमा परेर पत्रकार सुरेश रजकको दुखद निधन भएको छ। टेलिभिजन रिपोर्टिङका क्रममा घटनाको दृश्य कैद गर्न भवनको छतमा पुगेका रजक आगलागीपछि सम्पर्कविहीन भएका थिए।

राजावादी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि सो भवनमा आगो लागेको थियो। घटनालगत्तै रजक सम्पर्कमा नआएपछि खोजी कार्य अघि बढाइएको थियो, तर उनी उद्धार हुन सकेनन्। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले आफ्ना सहकर्मी रिपोर्टिङका क्रममा बेपत्ता भएको पुष्टि गरेका थिए।

एभिन्युज टेलिभिजनकै अर्का एक पत्रकारले प्रहरीलाई समयमै जानकारी गराउँदा पनि उद्धार हुन नसकेको गुनासो गरेका छन्। घटनापछि टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार घटनास्थलमा पुगेका छन्। पत्रकारिता पेशामा रहेका सञ्चारकर्मीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको यस घटनाले संचार क्षेत्रलाई शोकाकुल बनाएको छ।

पत्रकार
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *