नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने समझदारी: मन्त्री देउवा र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच जेनेभामा सम्पन्न भेटवार्तामा नेपाल-स्वीस सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। नेपालले संयुक्त राष्ट्रसंघका विभिन्न परिषद सदस्य पदका लागि उम्मेदवारी दिएको भन्दै, मन्त्री देउवाले स्वीट्जरल्यान्डको सहयोगका लागि आग्रह गर्नुभयो।


