काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौं  फागुन १० काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र अन्तर्गत पर्ने सतुंगल फिडरका केही क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ ।

विद्युत अवरूद्ध हुने स्थानहरूमा कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रहरू समावेश छन् । प्राधिकरणले तोकिएको समयमा आवश्यक मर्मत तथा सुधार कार्य गरिने जनाएको छ ।

यद्यपि, निर्धारित कार्य छिटो सकिएमा विद्युत सेवा तोकिएको समयअघि नै पुनः सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *