बिर्तामोडस्थित होटलमा युवकको शव फेला, युवती र होटल सञ्चालक पक्राउ

बिर्तामोडस्थित होटलमा युवकको शव फेला, युवती र होटल सञ्चालक पक्राउ

२५ माघ, काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेष्ट होटल एन्ड लजमा ३० वर्षीय सागर बेस्राको शव फेला परेको छ। झापाको हल्दिवारी–१, गोलधाप घर भएका बेस्रा होटलमा बास बसेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, सागर गएराति युवतीसँगै होटलमा बसेका थिए। बिहान उनको शव भेटिएपछि प्रहरीले उनीसँगै रहेकी युवती र होटल सञ्चालक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमा सुनसरी धरान–१५ घर भएकी २३ वर्षीया मुना विक र ४८ वर्षीया होटल सञ्चालक यामकुमारी उप्रेती छन्।

प्रहरीका अनुसार, राति खाना खाएर सुतेका सागर बिहान बाथरुमको ढोकानजिकै लडिरहेको अवस्थामा फेला परेका थिए। युवतीले सागरलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकसँग मिलेर उपचारका लागि बिर्तासिटी अस्पताल लगेकी थिइन्। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

हाल मुना विक र यामकुमारी उप्रेतीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धानलाई तीव्रता दिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *