२४ माघ, काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जाजरकोट भूकम्प र गत असोजको बाढीबाट भएको क्षतिका पुनर्निर्माणमा सरकार उदासीन बनेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले जाजरकोट भूकम्पको डेढ वर्ष पछि पनि पुनर्निर्माणको काम नहुँदा सरकारको ध्यानाकर्षण गराएका हुन। उनले ९२ हजार घरहरूको पुनर्निर्माण कार्यको अव्यवस्था र अस्थायी आवासका लागि अनुदानमा विलम्बका कारण नागरिकहरूको गुनासो थपिएको उल्लेख गरेका छन।
साथै, सरकारको बजेट सानो भएको र आवश्यक रकमको स्रोतको अस्पष्टताको कुरा समेत उठाएका छन। थापाले सदनमा पुनर्निर्माण कार्यमा सरकारको कदमबद्धता र आगामी कदमको स्पष्टता आवश्यक रहेको बताएका छन्।