नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत

नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत

हुम्ला ।  नेपाल पत्रकार महासंघ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित भएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिए ।

यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद् प्रतिनिधिमा मोतिलाल महतारा चयन भएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *