काठमाडौँ : प्रधानमन्त्री ओलीसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गर्नुभएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको यो भेटमा, राजदूत भोल्कले आफ्नो कार्यकालका दौरान दुई देशबीच भएका महत्त्वपूर्ण कार्यहरूबारे जानकारी गराउनुभयो।
राजदूत भोल्क सोमबार आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनु हुँदैछ। प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गर्दै, दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान भएको जानकारी दिनुभयो।
बिदाइ भेटका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।