वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा

वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा

स्याङ्जाको वालिङ इलाका प्रशासन कार्यालय को भवन उद्घाटन विवादमा परेको छ।

गृहसचिव एकनारायण अर्यालले भदौ २ गते सुटुक्क ताम्रपत्र अनावरण गरेपछि स्थानीय जग्गादाताहरुले विरोध जनाएका छन्। भवन उद्घाटनका अवसरमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै जग्गादाताहरुले सेतो कपडाले ताम्रपत्र छोपिदिएर विरोध प्रदर्शन गरेका छन्।

जग्गादाता कपिलदेव शर्मा पंगेनीले भवन निर्माणका लागि करोडौं मुल्य पर्ने ३ रोपनी जग्गा निशुल्क दिएका थिए, तर उद्घाटनमा उनीहरुलाई जानकारी समेत नदिएर बेवास्ता गरिएको गुनासो गरेका छन्। स्था

नीयहरुले इलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई शिलालेख हटाउन र पुनः उद्घाटन गर्न माग गरेका छन्।

वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा
वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा

भवन उद्घाटनको विषयमा विवाद उठ्नुको कारण ताम्रपत्रमा उल्लेख गरिएको असार २२ को मिति र वास्तविक उद्घाटन मिति भदौ २ बीचको अन्तर रहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले असार २२ मा मनसुनका कारण उद्घाटन स्थगित गरिएको र गृहसचिवको अनौपचारिक अनावरण मात्रै भएको बताए।

यो घटना गृहसचिव अर्यालको गृह जिल्लामा नै विवादको विषय बनेको छ। सामाजिक सञ्जालमा पनि स्थानीयहरुले चर्को विरोध गरेका छन्। वालिङ इलाका प्रशासन कार्यालय स्याङ्जाका विभिन्न पालिकालाई सेवा प्रदान गर्दै आएको छ।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *