काठमाण्डौः फ्रेन्च लिग वानको यस सिजनको पहिलो खेलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले विजयी शुरुवात गरेको छ। गएराती सम्पन्न फ्रेन्च लिग वान खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
पिएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला, र रांडल कोलो मुआनीले एक-एक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। ले हार्भेका लागि भने गाउटियर लिओरिसले एकमात्र सान्त्वना गोल गरे।

फ्रेन्च लिग वान जितले पिएसजीको सिजनको शुरुवातलाई बलियो बनाएको छ र क्लबलाई आगामी खेलहरूमा थप आत्मविश्वास मिलेको छ। पिएसजीले यस पटकको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ, जुन पहिलो खेलमा स्पष्ट देखियो।
पिएसजीका समर्थकहरूका लागि यो खेल उत्साहजनक रह्यो, किनकि नयाँ खेलाडीहरूको समावेशले टोलीलाई अझ सशक्त बनाएको छ। आगामी खेलहरूमा पनि पिएसजीको यस्तै प्रदर्शन अपेक्षित छ।