काठमाण्डौंः पर्सामा ४८९ केजी लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पटेर्वासुगौली गाउँपालिकाबाट पक्राउ परेका फुलसरिफ मिँयालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले बासँघारीमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
प्रारम्भिक जाँचमा उनको साथबाट ३० केजी गाँजा फेला परेको थियो।जसको आधारमा थप अनुसन्धान गर्दा चरेश र पोल्याण्ड लुकाएर राखिएको अवस्थामा बरामद भएको हो।
प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पत्रकार सम्मेलनमा जानकारी दिए।
बोराभित्र लुकाइएको १९२ केजी चरेश र २६७ केजी पोल्याण्ड समेत बरामद भएको छ।
पक्राउ परेका व्यक्तिमाथि लागुऔषधसम्बन्धि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।
त्यसैगरी, पर्सा प्रहरीले साउन महिनादेखि हालसम्म ८ करोड ३० लाख ३० हजार दुई सय सठ्सठी रुपैयाँ बराबरको अवैध भन्सार सामान बरामद गरेको छ। यसमा इलोक्ट्रोनिक चुरोट (भेप) पनि समावेश छ, जुन ४ करोड ४६ लाख मूल्य बराबरको रहेको छ र राजश्व कार्यालय पथलैया बारा पठाइएको छ। Source link