हिन्दुहरुको पबित्र धार्मिकस्थल पशुपति क्षेत्रमा आयोजित कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त भएको छ।
कोटिहोमका मुख्य आयोजक एबम कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई पक्राउ गर्न प्रहरी पुगेको हो।
उनका समर्थकहरुले नाराबाजी गरेर बिरोध गर्दा तनाबग्रस्त भएको हो।
प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए ।
लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए।समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो।
त्यस लगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि विजयकृष्णका समर्थकले हातपात गरेका थिए ।
कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त भए पछी प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।