श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:


काठमाण्डौः श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो ।
श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *