प्रधानमन्त्री ओली युगकवि सिद्धिचरणबाट प्रभावित

प्रधानमन्त्री ओली युगकवि सिद्धिचरणबाट प्रभावित

काठमाडौँः प्रधानमन्त्री ओली ले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताएका छन्। युगकवि सिद्धिचरण श्रेष्ठको 113औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै ओलीले युगकविका रचनाले युवाहरूलाई क्रान्तिमा होमिन प्रेरित गरेको र देश तथा जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताए।

प्रधानमन्त्री ओली ले भने, “जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ।” उनले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गरे। “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु,” उनले भने।

कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद रु एक लाखसहित प्रदान गरियो भने युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्कीलाई नगद रु ४० हजारसहित पुरस्कृत गरियो।

सोही समारोहमा प्रधानमन्त्री ओली ले ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृतिहरू विमोचन गरेका थिए।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *