राजधानीका हाइकिङ क्षेत्रमा लुटपाट मच्चाउने धनबहादुर स्याङ्तान पक्राउ

काठमाण्डौंः राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ ।
काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा उनलाई स्युचाटारबाट नियन्त्रणमा लिइएको हो । उनको साथबाट सात तोला ६४ लाल सुनको गरगहना, ४ तोला ७९ लालको चाँदीको ब्रासलेट, नगद १३ हजार चार सय रुपैयाँ र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *