काठमाण्डौ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्।
अमेरिकाको फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए।
यसैबीच उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छन्। नेतान्याहुले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएका हुन्। हमासले केही हदसम्म युद्ध रोक्न वार्ताको मामिलामा अमेरिका र इजरायलबीच कुनै मतभेद छैन भन्ने कुरा बुझेको दाबी नेतान्याहुले गरेको बीबीसीले उल्लेख गरेको छ।
उनले भने, ‘मलाई लाग्छ, ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।’
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
Chief Editor
Dipesh Ghimire
For relevant and accurent news follow us.



