लुम्बिनीको प्रदेशको मुख्यमन्त्रीमा नेकपा उपनेता चेतनारायण आचार्य नियुक्त

संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

रुपन्देही : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् ।

एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखले मंगलबारकै तयारी गर्न अनुरोध गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *