मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, सुरक्षित रहने उपायहरू

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, सुरक्षित रहने उपायहरू

काठमाडौं  : नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन्।

विपद्जन्य घटनामा परी काठमाडौँ उपत्यकामा एक, कोसी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोसी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन् ।

साथै कोसी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ।

बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताए।

यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्।

बाढी पहिराको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

पहिरोमा पुरिएका धनमाल निकाल्न विभिन्न निकाय र स्थानीयवासीले सहयोग गरिरहेका छन्।

सडकको अवरोध हटाउने कार्य पनि जारी छ।यी कार्यहरू प्रहरी प्रधान कार्यालयको समन्वयमा भइरहेको छ।

बाढीको समयमा सुरक्षित रहने केही उपायहरू निम्न छन्:

  • बाढीको सम्भावित क्षेत्रहरूको जानकारी राख्नुहोस्।
  • परिवारसँग बाढीको आपत्कालीन योजना बनाउनुहोस् र अभ्यास गर्नुहोस्।
  • आवश्यक पर्ने आपत्कालीन सामग्री (खाना, पानी, औषधि, बत्ती, चार्जर) तयारीमा राख्नुहोस्।
  • रेडियो, टेलिभिजन, र अन्य सञ्चार माध्यममार्फत मौसमसम्बन्धी चेतावनीहरू ध्यानपूर्वक सुन्नुहोस्।
  • स्थानीय प्रशासनबाट प्राप्त सूचनाहरू पालना गर्नुहोस्।
  • बाढी आउन लागेको थाहा पाउनेबित्तिकै सुरक्षित स्थानमा जानुहोस्।
  • उच्च स्थान वा सरकारले निर्धारण गरेका आश्रय स्थलमा जानुहोस्।
  • बाढी आएको बेलामा खोलानदी, ताल, र पानीका स्रोतहरू नजिक नजानुहोस्।
  • विद्युत् पोल र तारहरूबाट टाढा रहनुहोस्, किनभने पानीको कारण करेन्ट लाग्ने
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *