एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ। एमालेले बैठक आइतबार बिहान १० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बोलाइएको हो। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएकाे छ।

नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। याे सँगै प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते पाँचौपटक विश्वासको मत लिने तयारीमा छन्। 

प्रकाशित: २२ असार २०८१ ०७:११ शनिबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *