झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

लालबन्दी : विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई दोषी ठहर गरेको छ।

प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसकेपनि कामको प्रगति शून्य रहेको देखिएको छ।अख्तियारले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कासहित सात जनाविरुद्ध २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो।

झलनाथ खनाल स्वास्थ्य विज्ञान को दोषीहरू र मुद्दा प्रक्रिया

अदालतले प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी, सदस्य देवेन्द्र राय र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको थियो।

तीमध्ये खड्का र श्रेष्ठले सफाइ पाएका छन् भने तत्कालीन मन्त्री विजय कुमारसहित अन्य पाँच जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २५ गते सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

प्रतिष्ठानको उद्देश्य र भ्रष्टाचार

लालबन्दी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो।

तर, अख्तियारको दाबी अनुसार, प्रतिष्ठानको १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको देखिएको छ।

नाम परिवर्तन र भविष्य

भ्रष्टाचारले बदनाम भएपछि हाल लालबन्दी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *