लुटेरा समूहले महोत्तरीमा गोली चलाउदा , युवक गम्भीर घाइते। महोत्तरीमा अज्ञात लुटेराहरुको एक समूहले गोली प्रहार गरेको छ। सोमबार, महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७-८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो।
गोली प्रहारबाट गौशाला नगरपालिका-११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) गम्भीर घाइते भएका छन्। गौशालाबजारबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएको समूहले लुटपाटको प्रयास गरेको थियो। सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
महोत्तरी प्रहरीका अनुसार लुटेरा समूहले महोत्तरीमा गोली चलाउदा घाइते भएको युवालाइ प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ।
also read this : भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण: ९ मृत, ३३ घाइते


