बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ

बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ

बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ हानेर भागेका धिमाल पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई प्रहरीले चक्कु प्रहार गरेको आरोपमा प्रहरिले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन् । बिर्तामोडमा काशीनाथ गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ ।

बिर्तामोड-३ स्थित विनिता ढकालको घरमा कोठा भाडा बस्दै आएका २८ वर्षीय धिमालले सोही घरको अर्को कोठामा डेरा गरी बस्दै आएका गौतमलाई जेठ ६ गते बेलुका ८ः३० बजे चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट पेट तथा शरीरको विभिन्न भागमा चोट लागि सख्त घाइते भएका गौतमको बिर्ता सिटी अस्पतालमा उपचार गरिएको थियो ।

गौतमलाई चक्कु प्रहार गरेर भागेका धिमाललाई प्रहरीले शनिबार बुद्धशान्तिस्थित पुलचोकबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

also read : लुटेरा समूहले महोत्तरीमा गोली ; चलाउदा युवक गम्भीर घाइते

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *