भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण: ९ मृत, ३३ घाइते

भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण: ९ मृत, ३३ घाइते

काठमाडौं । भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण भएको छ साथै उक्त आक्रमणमा ९ मृत, ३३ घाइते भएका छन ।भारतको जम्मु कश्मिरको रायसी शिवखोरी गुमा मन्दिर जान तीर्थयात्रु चढेको बसमा आतंकवादीहरुले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बोकेको बस कटरातर्फ जाँदै गरेका बेला आतंकवादीहरुले आक्रमण गरेका थिए । अन्धाधुन्द गोली चलेपछि बसका चालकले आफ्नो नियन्त्रण गुमाउँदा बस खाल्डोमा खसेको थियो । घटना भएको क्षेत्रमा उद्धार कार्य जारी रहेकोसमेत बताइएको छ ।

घाइतेलाई तत्काल उपचारका लागि नजिकैको नरैनापुर र रियासी जिल्ला अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । यात्रीहरु उत्तर प्रदेशबाट मन्दिर दर्शनका लागि आएको बताइएको छ । घटनापछि उक्त क्षेत्रलाई भारतीय सुरक्षा बलले पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ स्थानीयहरुले पनि उद्धार गरिरहेको जनाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *