नवअभिनेता समीप निरौलालाई हृदयघात , उपचारको लागि काठमाडौं रिफर

नवअभिनेता समीप निरौलालाई हृदयघात , उपचारको लागि काठमाडौं रिफर

‘सिटामोल’का नवअभिनेता समीप निरौलालाई गीतको छायाङ्कनका क्रममा हृदयघात भएको छ। पश्चिमको रुकुम रोल्पा सिमानादेखि माथि ३ हजार ६ सय मिटर उचाइमा ‘सिटामोल’ फिल्मको ‘औँठी सुनैको’ गीतको सुटिङ भइरहेको बेला उनलाई हृदयघात भएको हो। गीतको कोरियोग्राफी कविराज गहतराजले गरिरहेका थिए। नवअभिनेता समीप निरौलालाई हृदयघात हुनुको कारणभने खुलाइएको छैन ।

नवनायक समीप निरौलालाई हृदयघात भएपछि रातारात ८ घण्टाको बाटो एम्बुलेन्समा पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो।हाल स्वास्थ्यमा केही सुधार आए पनि थप उपचारको लागि काठमाडौंस्थित गंगालाल अस्पतालमा रिफर गरिएको छ। समीपले आफैंले स्वास्थ्यमा सुधार आएको बताए पनि, चिकित्सकको निगरानीमा रहनुपर्ने भएको छ।

‘सिटामोल’ फिल्ममा समीपसहित सौगात मल्ल, बेनिशा हमाल, जानुका विक, सुशील पोखरेल, हिउँवाला गौतम, काजल भुजेल, दिनेश रेग्मी, करण नेपाली लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस फिल्मका निर्देशक राजबहादुर साने हुन् भने निर्माता भूगोल कार्की र गंगाराम श्रेष्ठ हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *