काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।
बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका थिए ।बलात्कार काण्डले दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियोे ।
अदालतमा दुई पक्षबिच बहस हुँदै आउँदा , आज बुधबार लामिछाने अदालतबाट निर्दोष भए संगै क्यानले सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै खेलमा लगाएको निलम्बन फुकुवा गरेको छ । बुधबार ललितपुरको अदालतमा निर्दोष भए संगै लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।



