कलंकीमा सडक दुर्घटनामा परि ५५ वर्षीय पुरुषको मृत्यु

काठामाडौं महानगरपालिका-१४ कलंकीमा सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *