नवलपुरको कावासोतीमा नेपाली अर्थतन्त्रका संरचनात्मक समस्या र निकासवारे निकै स्तरीय र विचारोत्तेजक अन्तर्सम्बाद !
लामो समयदेखि आन्तरिक रूपमा संरचनात्मक गतिरोध ( structural stagnation ) र बाह्य रूपमा किनारा पुॅजीवाद ( peripheral capitalism ) सिर्जित परनिर्भरता ( dependency ) को दुष्चक्रमा फसेको र कहिल्यै दुइ अंकको आर्थिक वृद्धिदर हासिल गर्न नसकेको नेपाली अर्थतन्त्रलाई टालटुले र झारफुके तरिकाले हैन गम्भीर शल्यक्रिया गर्ने ढंगले उपचार गर्नुपर्नेमा जोड !
तत्काल देशका लाखौं साना तथा मध्यम व्यवसायीहरू चौतर्फी आर्थिक मन्दीको वीचमा बैक र वित्तीय संस्थाहरूको चर्को व्याज र कसिलो ऋणअसुलीबाट टाटपल्टिने अवस्थामा पुगेको र अरू दशौं लाख साना मुख्यतः महिला वचतकर्ताहरू सहकारी संचालकहरूको वेथितिबाट आक्रान्त रहेको राष्ट्रिय समस्या राज्यले तत्काल हस्तक्षेप गरेर सुल्झाउनुपर्ने राय !




