सर्लाहीको पर्सा,नारायणपुर र संग्रामपुर नाकाबाट सधैँ तस्करी,भण्डारीले अवैध तरिकाबाट ल्याएको फुल जिल्ला प्रहरीको नियन्त्रणमा

सर्लाहीको नेपाल भारत सिमा क्षेत्र स्थित पर्सा नकाबाट भन्सार छली चोरी पैठारी हुँदै गरेको विभिन्न प्रकारका फुल जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ ।जिल्लाको पुर्वी नाका स्थित पर्सा र नारायणपुर नाकाबाट फुल व्यापारी सरोज कुमार भण्डारीले भारतबाट तस्करी गरि नेपाल ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी टोलीले ठुलो मात्रामा फुल नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।मंगलबार साँझ नियन्त्रणमा लिएको फुलको विस्तृत विवरण प्रहरीले सार्वजनिक नगरेको भएपनि फुल नियन्त्रणमा लिएको भने बताएको छ ।

पर्साका फुल व्यापारीसरोज कुमार भण्डारीले भारतबाट अवैध तरिकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले करिब रु दुई लाख बराबरको फुल नियन्त्रणमा लिएको सुचना प्राप्त भएपनि प्रहरीले आधिकारीक रुपमा सार्वजनिक गरि सकेको छैन् ।विगत लामो समयदेखि पर्सा,नारायणपुर र संग्रामपुर नाकाबाट फुल व्यापारी सरोज कुमार भण्डारीले  फुलको कारोबार गरि रहेका भन्ने विषेश सुचनाको आधारमा पुगेको प्रहरी टोलीले फुल नियन्त्रणमा लिएपनि अन्य विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।
फुल व्यापारी भण्डारीले यस अघिपनि संग्रामपुर नाकाबाट फुलको कारोवार गरेका र सो कारोवार गर्न लाईन मिलाउने क्रममा प्रहरी चौकी संग्रामपुरका असइृ मनोज यादवसंग विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले असई यादवलाई निलम्बन गरि अनुसन्धान गरि रहेको छ भने हाल प्रहरी चौकी पर्साका प्रहरी प्रमुख असई रामकृपाल साह केही समय पहिला नजिकै रहेको प्रहरी चौकी नारायणपुरको प्रमुख बसेका र फेरी पर्सामा सईको दरबन्दी भएको ठाउँमा असई साह जानुले पनि उनको कुनै न कुनै रुपमा फुल व्यापारी सरोज कुमार भण्डारीसंग सम्बन्ध रहेको सहजै आंकलन गर्न सकिन्छ ।


फुल व्यापारी सरोज कुमार भण्डारीलाई लाईन दिए नदिएको भने प्रमाणित हुन बाँकी रहेको भएपनि प्रहरी चौकी नारायणपुर र पर्साका प्रमुखहरुको मिलेमतो विना उनले सो कारोवार गर्न नसक्ने प्रहरी स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयबाट अलि टाढा पर्ने र जिल्लाको प्रहरी टोली पुग्दा सम्म तस्करहरुले आफ्नो तस्करीको मालवस्तु सुरक्षित गर्न सक्ने सुरक्षित नाकाको रुपमा पर्सा,नारायणपुर र संग्रामपुर नाकालाई लिने गरेको पाइएको छ ।केही दिन पहिला पनि पर्सा र नारायणपुर नाकाबाट अवैध तरिकाबाट भन्सार छली नेपाल प्रवेश गरेको ५० बोरा चिनी सहति एउटा मालवाहक सवारी साधन सिन्धुलीको ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको थियो तथापी पनि जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण धिताल मौन देखिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *