काठमाडौंमा फरकफरक मितिमा तीनवटा मोटरसाइकल ‘चोर्ने’ तीनजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम र कालिकोटकै रासकोट नगरपालिका–१ का ‍२० वर्षीय दन्त शाही रहेका छन् ।

प्रहरीका अनुसार मंसिर २९ गते काठमाडौंस्थित बौद्धमा पार्किङ गरिएको बा ६३ प २७२७ नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको थियो । यसैगरी पुस ८ गते सिनामंगलबाट बा ७० प ६२०५ नम्बरको २२० सीसीकै पल्सर मोटरसाइकल चोरी भएको थियो ।

अनुसन्धानको क्रममा दुवै मोटरसाइकल चोरीमा उनीहरू संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान गर्दै जाँदा उनीहरूले ०७९ चैत २९ गते काठमाडौंकै टुसालमा पार्किङ गरिएको बा.प्र. ०२–०१६ प ५८६३ नम्बरको २०० सीसीको पल्सर एनएस मोटरसाइकल पनि चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौंको कपनस्थिच आकासे धाराबाट पक्राउ गरिएक हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *