जाजरकोट भूकम्प अपडेट : फेरी रामिडाँडा नै केन्द्रबिन्दु

जाजरकोट भूकम्प अपडेट : फेरी रामिडाँडा नै केन्द्रबिन्दु

काठमाडौं । जाजरकोटमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हो। अपराह्न ४ बजेर ३४ मिनेट जाँदा भूकम्पको झड्का महसुस गरिएको थियो। हालसम्म क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

यसअघि, शुक्रबार राति सोही स्थान केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा ठूलो जनधनको क्षति पुगेको थियो। प्रहरी तथ्यांकअनुसार जाजरकोटमा १०१ र रूकुम पश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका थिए।

विशेषज्ञहरूले बारम्बार परकम्प गइरहेका कारण स्थानीयलाई सचेत रहन आग्रह गरेका छन्। स्थानीय प्रशासनले पनि जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *