रौतहटमा सामाजिक सञ्जालबाट धम्की दिने व्यक्ति पक्राउ
रौतहटमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या र धम्की दिने आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोम गुरुङलाई पक्राउ गरी साइबर अपराधमा अनुसन्धान थालेको छ।
रौतहटमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या र धम्की दिने आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोम गुरुङलाई पक्राउ गरी साइबर अपराधमा अनुसन्धान थालेको छ।
रौतहटको गरुडामा प्रहरीले ब्रेजा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा निगरानी गरिएको गाडीलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
रौतहट प्रहरीले भारतको बिहारस्थित मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई लुटपाटमा संलग्न भएको आरोपमा घरेलु कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित पक्राउ गरेको छ। जैसवाललाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ। मौलापुरमा १७ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्नता रहेको पुष्टि भएको उनी पहिल्यै पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए।