रौतहटमा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद

रौतहट समाचार, गाँजा बरामद, लागुऔषध नेपाल, रौतहट प्रहरी, ब्रेजा कार, गरुडा प्रहरी, चन्द्रनिगाहपुर, गौर, लागुऔषध कारोबार, अपराध समाचार, रौतहट अपडेट

रौतहट, ६ साउन। रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सुराकीको आधारमा गरिएको निगरानी र जाँचका क्रममा ग. ३ च. ६८९६ नम्बरको ब्रेजा कारबाट गाँजा बरामद गरिएको हो।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त गाडीलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले झाझ खोला नजिक रोक्न खोज्दा चालकले गाडी लिएर भाग्ने प्रयास गरेपछि प्रहरीले पछ्याउँदै गाँजा बरामद गरेको हो।

रौतहट प्रहरी प्रमुख नेत्रमणि गिरीका अनुसार, हाल गाडीबाट गाँजा निकाल्ने प्रक्रिया जारी छ र सम्पूर्ण विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

उनले बताएअनुसार, प्रहरीलाई गाँजा लोड गरेर गौरतर्फ गाडी जाँदैछ भन्ने गोप्य सूचना प्राप्त भएको थियो, त्यसैका आधारमा सफलतापूर्वक बरामद गरिएको हो।

प्रहरीले उक्त गाडीमा रहेको व्यक्ति/व्यक्तिहरूको खोजी तथा अनुसन्धान प्रक्रिया पनि अगाडि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *