अमेरिकी दूतावासमा ‘द च्यालेन्जर्स’ विशेष प्रदर्शन
काठमाडौंमा अमेरिकी दूतावासले नेपाली साहसिक रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को विशेष प्रदर्शन गरेको छ। हिमालय आरोहण, जलवायु संकट र पर्यटन प्रवर्द्धनलाई केन्द्रबिन्दुमा राखेर बनेको यो शो विश्वभर चर्चित बनेको छ।


