‘कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्छौँ’
काठमाण्डौ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभएको छ । आज धरान उपमहानगरपालिका–४ र सागुदीगढी गाउँपालिका–६ को सिमाना भेडेटारमा निर्माण गरिएको भेडेटार स्काईवाकको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका लागि योजना निर्माण गर्ने धारणा राख्नुभयो ।मुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकका लागि एक आकर्षक गन्तव्य…


